- संगालोखबर सम्वाददाता

बिराटनगर । नोवेल शिक्षण अस्पतालको प्रायोजनमा सञ्चालित नोबेल मिस नेवा : को फाइनलका लागि १६ जना युवती छनौट भएका छन् । विराटनगर, इटहरी, धरान र विराटचोकमा भएको छनौट चरण पार गर्दै उनीहरु फाईनल पुगेका हुन् ।

Advertisement

नेवारी समुदायको संस्कृति जगेर्ना गर्दै युवतीहरुको प्रतिभा प्रस्फुटन गराउँने उद्देश्यले आयोजित प्रतियोगितामा साहित्यकार सरिता तुलाधर, पत्रकार एवं कवि मीनकुमार नवोदित र पूर्व विजेता सुधा श्रेष्ठ निर्णायकको भूमिकामा थिए । एसईईदेखि स्नातकसम्म अध्ययनरत १६ देखि २५ बर्ष उमेरका युवतीहरु प्रतिष्प्रधामा सहभागि रहेको आयोजक मञ्जिना मुभिज प्रालिका प्रबन्ध निर्देशक जतिन ताम्राकारले जानकारी दिए ।

फाइनलमा पुगेका युवतीहरू बन्द प्रशिक्षणमा छन् । जेठ अन्तिम साता विराटनगरस्थित वीरेन्द्र सभागृहमा प्रतियोगिताको फाइनल हुनेछ । बिजेतालाई स्कुटीसहित ५ लाख रुपैयाँ बराबरको जीवन बीमा र म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर दिईने आयोजकले जनाएको छ । यसअघिका प्रतियोगितामा रइसा श्रेष्ठ र सुधा श्रेष्ठले उपाधि जित्दै मिस नेवा : घोषित भएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!