इलाम। इलामको सुर्योदय नगरपालिका–६ तारगाँउमा सडक निर्माणका क्रममा जेसिबीले ढालेकोे रुखले लागेर १३ वर्षीय बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी उपरिक्षक माधव श्रेष्ठले जानकारी दिए ।
विद्यालय आउँदै गरेको समयमा हर्कटे– तारगाँउ सडक निर्माणका क्रममा जेसिबीले ढालेको रुखले मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुनपा ६ का भेषराज गजमेर रहेका छन । सोही ठाउँमा रुखले लागेकी कृतिका रसाइली घाइते भएको र घाइते रसाइलीको उपचारका लागि झापा तर्फ लगीएको पैहरीको भनाई छ ।