- संगालोखबर सम्वाददाता

बिराटनगर । बुधबार बिहान काठमाडौंबाट उडेको अरनिको एयरलाइन्सको जहाजको इन्जिनमा खराबी आएको खबर बिराटनगर बिमानस्थलमा आयो । आपतकालीन रुपमा जहाज अवतरण गर्नुपर्ने जानकारी आएपछि बिराटनगर बिमानस्थलमा आवश्यक सवै तयारी गरियो ।

चालक दलका सदस्यसहित ५४ जना सवार जहाज अवतरण हुनासाथ एक्‍कासी जहाजमा आगो दन्किएर धुवाको मुस्लो निश्कियो । दमकल आगो निभाउँन हुईकिए । सुरक्षाकर्मी, रेडक्रमकर्मी र विमानस्थलका कर्मचारी उद्धारमा खटिए । जहाजको केहि भाग जलिसकेपछि आगो नियन्त्रण भयो ।

बिमानस्थलले दुर्घटनामा चारजना यात्रुको मृत्यु भएको जानकारी दियो । घाईतेहरुलाई उपचारका लागि भन्दै अस्पताल तर्फ लगियो । घटनाका बारेमा बिमानस्थलले छिन–छिनमा अपडेट गराईरहेको थियो । विमानस्थल वरपरका बासिन्दा हवाई दुर्घटना ठानेर अत्तालिदै थिए ।

तर, यो बास्तविक घटना नभई जहाज दुर्घटना हुँदा हुनसक्ने जोखिम न्यूनीकरणका लागि गरिएको उद्धारको पूर्व अभ्यास थियो । पूर्व सूचना बिना नै गरिएको अभ्यासका कारण त्यहाँको वातावरण त्रासपूर्ण बन्नुका साथै विमानस्थल वरपरका बासिन्दा अत्तालिए हुन् ।

विमानस्थलमा संकट योजना पूर्णकालीन अभ्यास गरिएको विराटनगर विमानस्थलका प्रमुख टेकनाथ सिटौलाले बताए । उनका अनुसार विमानस्थलभित्र जहाज दुर्घटना हुँदा मानवीय र भौतिक क्षति कम गर्न हरेक दुई वर्षमा यस्तो अभ्यास गर्ने गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!