भोजपुर । भोजपुर सदरमुकामस्थित पानी ट्याङ्कीमा २२ महिने बालकको आफ्नै आमाले हत्या गरेकी छन्।

Advertisement

२५ वर्षीया सम्झना थापाले २२ महिनाको छोरा सम्बोधनको हत्या गरेकी हुन्। उनले मंगलबार बिहान ७ बजेतिर घरको छतमा लगेर खुकुरीले घाँटी छिनाएर हत्या गरेकी हुन् ।

रामप्रसाद राई गाउँपालिका वासिखोरा घर भएकी सम्झनाको परिवार पानीट्याङ्की टोलमा भेनाजुको घरमा बस्दै आएको थियो ।

लघुवित्त कम्पनीमा काम गर्ने बालकका बाबु सूर्यबहादुर थापा भने कार्यालयको कामले सदरमुकाम वाहिर गएको पाइएको भोजपुरका प्रहरी प्रमुख डिएसपी केशवकुमार थेवेले बताए ।

प्रहरीले हत्यारा सम्झनालाई पक्राउ गरेको छ । घटनाको विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!