- संगालोखबर सम्वाददाता

बिराटनगर। महिनावारी भएका बेला किशोरीहरुले गर्नुपर्ने सरसफाईका बिषयमा नोबेल शिक्षण अस्पतालले बेलवारीको एक बिद्यालयमा सचेतना कार्यक्रम गरेको छ । महिनावारी सरसफाई दिवसको अवसर पारेर बेलवारी–२ लालभित्ती स्थित शिक्षा संन्देश ईङ्लिस स्कुलका बिद्यार्थीहरुलाई महिनावारीका वेला गर्नुपर्ने सरसफाई र सावधानीका बिषयमा जानकारी गराईएको हो ।

Advertisement

नोबेल अस्पतालका डा.हिमलाल भण्डारी र नर्सिङ शिक्षिका नविना कोइरालाले बिद्यार्थीहरुलाई सो बिषयमा जानकारी गराएका थिए । महिनावारी हुँदा सरसफाई गर्ने तरिका, सरसफाई नगर्दा आईपर्ने स्वास्थ्य समस्या र यसबाट बच्ने उपायका बारेमा बिद्यार्थीहरुलाई जानकारी गराईएको हो ।

कार्यक्रममा महिनावारी भएका बेला महिलालाई ‘नछुने’ भएको भनी गरिने विभेदलाई व्याङ्ग गर्दै जनचेतनामूलक नाटक पनि प्रस्तुत गरिएको थियो । नाटकमा डा.भण्डारी, नर्सिङ शिक्षिका कोइराला, स्टाफ नर्स आदिती पुरी, ममता पौडेल र ल्याव टेक्निसियन सरोज राईले अभिनय गरेका थिए । महिनावारी सरसफाईको सवाल महत्वपूर्ण भएकाले बिद्यार्थीहरुका लागि कार्यक्रम प्रभावकारी भएको बिद्यालयका प्रद्यानाध्यापक राजेश खत्रीले बताए ।

सो बिद्यालयको ७, ८, ९ र १० कक्षामा अध्ययनरत एक सय भन्दा बढी बिद्यार्थी कार्यक्रममा सहभागि थिए । नोबेल अस्पतालले सञ्चालन गर्दै आएको ‘घरघरमा डाक्टर घरघरमा नर्स’ कार्यक्रम अन्र्तगत यो कार्यक्रम गरिएको हो । आगामी दिनमा पनि जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिईने नोबेल अस्पतालले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!