- संगालोखबर सम्वाददाता

झापा । एक्सेल डेभलपमेन्ट बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

ग्राहकहरुले एक्सेल बैंकको शाखाबाट एशियन लाइफमा जीवन बिमा गर्न सक्ने तथा बीमा सम्बन्धि सेवा प्राप्त गर्न सक्ने गरी सम्झौता गरिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोख्रेल र एशियन लाइफका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

ग्राहकहरुले एक्सेल बैंकका ५ जिल्लामा रहेका ३२ शाखाबाट एशियन लाइफको जीवन बिमा गर्नुका साथै यस सम्बन्धी सबै सेवा प्राप्त गर्नसक्ने बताईएको छ ।

बैंकले यसअघि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्ससँग पनि सम्झौता गरेर ग्राहकहरुलाई बीमा सेवा प्रदान गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!