धरान । धरानमा अज्ञात समुहले गोली प्रहार गरी लुटपाट गरेको छ। जिवन विकास संस्था बैकको कर्मचारी शम्भुप्रसाद गच्छदारलाई लुटेराले हानेको गोली लागेको छ ।
गोली लागेर गच्छदार घाईते भएको प्रहरीले जनाएको छ । धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उनको उपचार भईरहेको छ ।
रातो स्कुटरमा आएको तीन जनाको समुहले गोली हानेर पैसा लुटेर फरार भएको बताईएको छ ।
पैसा कति लग्यो भनेर खुल्न वाँकी छ। लुटपाट पश्चात धरानमा सुरक्षा सर्तकता बढाईएको छ । ठाउँ गाउँमा चेकपोष्ट बढाएर सुरक्षा निगरानी बढाईएको प्रहरीले जनाएको छ ।