काठमाडौं । भोजपुरमा प्रहरी र नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ ।

भोजपुरको ट्याम्के मैयुम गाउँपालिका–१ स्थित मैयुमडाँडास्थित जङ्गलमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच मंगलबार राती गोली हानाहान भएको हो ।

मारिनेमा विप्लव कार्यकर्ता भोजपुरका ३२ वर्षीय तिर्थराज घिमिरे रहेका छन् । जङ्गलमा थुपै्र हतियारधारी समूह लुकेको भन्ने सूचनाका आधारमा प्रहरीले सो क्षेत्रमा अप्रेशन चलाएको थियो ।

प्रहरीका अनुसार जङ्गलमा पुगेको प्रहरी टोलीमाथि गोली प्रहार भएपछि प्रहरीले जवाफी फायर गरेको थियो । जवाफी फायरका क्रममा घिमिरे घाइते भएका थिए ।

घाइते बनेका घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पतालमा उपचार गराउने क्रममा आज बिहान ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका भोजपुरका प्रहरी निरिक्षक प्रनव कुमार राजवंशीले बताए ।

Please Subscribe to Sangalo Khabar Youtube Channel.

तपाईको प्रतिक्रिया

error: Content is protected !!