संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका–७ मौनाबुधुकका शेरबहादुर विक मृत फेला परेका छन् । बेपत्ता भएको चार दिनपछि बिहिबार मुलघाट स्थित तमोर नदीमा ५३ बर्षीय विकको शव फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

उनी गत सोमबार चौविसेको हंसमोरङ स्थित त्रिवेणीघाट नजिकबाट बेपत्ता भएका थिए । नदीमा हामफालेर बिक बेपत्ता भएको बताईएको थियो ।

त्यसपछि आफन्त र प्रहरीले उनको खोजी जारी राखेका थिए । खोजी गर्ने क्रममा मुलघाट स्थित तमोर नदीमा बिहिबार अपरान्ह उनको शव भेटिएको हो ।

मृतकको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको छ । उनी नेकपाका स्थानीय नेतासमेत हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!