- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा रहेका बित्तिय तथा लघुबित्त सस्थाहरुको गतिबिधि बन्द गर्न बिप्लव नेतृत्वको नेकपा निकट लिम्बुवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद धनकुटाले अपिल गरेको छ । सरकारले बित्तिय सस्थाहरु सञ्चालन गर्न दिएर लुट मच्चाएको आरोप लगाउँदै जनपरिषदले आज बिज्ञप्ती जारी गरेर बित्तिय तथा लघुबित्त सस्थाहरु बन्द गर्न अपिल गरेको हो ।

जनपरिषद नेपाल धनकुटाका प्रमुख ‘अज्ञात’ द्वारा जारी बिज्ञप्तीमा बित्तिय सस्थाले सरकारको मापदण्ड विपरित जनताबाट शुल्क उठाएको, कर्जा प्रवाह गर्दा बिभिन्न शिर्षक राखी जनता ठगेको, सस्तो व्याजदर भनी जनतालाई गुम्राहामा राखेको लगायत आरोप लगाईएको छ ।

Advertisement

त्यस्तै जनताको बचतमा चरम भ्रष्ट्राचार गरेको, मासिक किस्ता उठाउँदा सस्था जिम्मेवार नभएको, सोहि युनिटलाई नैतिक संकट पारी सामाजिक सभ्यतालाई प्रतिवन्ध लगाएको, जनतालाई मानसिक दवाव दिई सामाजिक बहिष्कार गर्न प्रेरित गरेको र स्थानीय जनताको पुजिलाई पलायन गरेको जनपरिषदको आरोप छ ।

‘यस्ता बित्तिय सस्थालाई सरकारले सञ्चालन गर्न दिई जनतामा लुट मच्चाएको प्रति जनपरिषद धनकुटा ठाटो रुपमा अस्वीकार गर्दछ । तत्काल जिल्लामा रहेका बित्तिय तथा लघुबित्त सस्थाहरुलाई आ–आफ्नो गतिबिधि बन्द गर्न सम्मान जनक ढंगबाट अनुरोध गर्दछ ।’ बिज्ञप्तीमा उल्लेख छ ।

बिज्ञप्ती हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!