- गोमा ढुंगाना/संगालोखबर

धनकुटा । पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले धनकुटाको चुलिबनबाट प्याराग्लाइडिङ उडान सुरु गरिएको छ । धनकुटा नगरपालिकासँगको सहकार्यमा ईटहरीको कोसी एडभेन्चर प्रा.लि.ले उडान थालेको हो ।

Advertisement

बुधबार धनकुटा नगरपालिका–७ चुलिबन डाँडाबाट याक्चानाघाटसम्म गरिएको उडान सफल भएको छ । परीक्षण सफल भएपछि अव व्यावसायिक रुपमा नियमित उडान गरिने कोसी एडभेन्चरका निर्देशक सुरेश बस्नेतले बताए । उनका अनुसार प्याराग्लाइडिङसँगै पर्यटकले र्याफ्टिङसमेत गर्न पाउँने व्यवस्था मिलाईनेछ ।

प्याराग्लाइडिङ अवतरण गर्ने स्थान याक्चानाघाट हो । त्यहिबाट तमोर नदीमा र्याफ्टिङ गर्ने व्यवस्था पनि मिलाईने उनको भनाई छ । चुलिबनबाट पाइलट राम लिम्बुको साथमा पहिलो पटक प्याराग्लाइडिङ गरेका स्थानीय शिक्षक नवीन केसीले धनकुटाको आकासबाट रमणीय दृष्यावलोकन गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए ।

गत बर्ष पनि चुलीवनबाट परीक्षण उडान गरिएको भएपनि प्रतिकुल मौषमका कारण सफल हुन सकेन । तर, यसपटक सफल उडान भएसँगै यसले व्यावसायीक रुप पाउँने भएको हो ।

प्याराग्लाइडिङका कारण धनकुटाको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । ‘धनकुटाबाट प्याराग्लाइडिङ सुरु हुनु खुशीको कुरा हो ।’ संगालोखबरसँगको कुराकानीमा उनले भने ‘प्याराग्लाइडिङको माध्यमबाट पर्यटन प्रवद्र्धनमा सघाउ पुग्नेछ ।’

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!