गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनशोभा राई स्मिृति सेवा केन्द्र धनकुटाले असहाय तथा फरक क्षमता भएका बिपन्न वृद्धवृद्धाहरुलाई राहत र उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । स्वर्गिय धनशोभा राईको छैठौं स्मिृति दिवसको अवसर पारेर केन्द्रले धनकुटा नगरक्षेत्रका २४ जना वृद्धवृद्धालाई राहत र ४ जना उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

Advertisement

धनकुटा नगरपालिकाको वडा नंं.३, ४, ५, ६, ७ र ८ का वृद्धवृद्धालाई राहत स्वरुप खाद्यान्न प्रदान गरिएको छ । उनीहरुलाई प्रतिव्यक्ति ५० किलो चामल, २ लिटर तेल, २ किलो दाल, २ किलो नुन, १ किलो चिनी, १ बोतल जुस र मसला प्रदान गरिएको स्मिृति सेवा केन्द्रका कोषाध्यक्ष कविता कन्दङ्वाले जानकारी दिईन् ।

यता, त्रिवेणी माध्यमिक विद्यालयका विद्यार्थी कृषला कार्की, स्मेरिडिका राई, गोकुण्डेश्वर माध्यमिक विद्यालयका नवदिप कार्की र गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालयका मनिसा ओझालाई प्रतिव्यक्ति १ हजार ५ सयका दरले छात्रवृत्ति प्रदान गरिएको छ । विद्यार्थीहरुलाई धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले छात्रवृत्ति रकम र प्रमाणपत्र प्रदान गरेका छन् । राहत र छात्रवृत्तिका लागि स्मिृति सेवा केन्द्रलाई धनकुटा नगरपालिकाले पनि आर्थिक सहयोग गरेको थियो ।

२०४० सालमा खोटाङ्गको फाक्टाङ्ग निवासी धनशोभा राईको निधन भएपछि मनसरा चौधरी, यसोदा राई र इन्दिरा राईले आमाको स्मिृतिमा ७ लाख ७५ हजारको अक्षयकोष स्थापना गरेका थिए । २०७१ सालमा जिल्ला प्रशासन कार्यालय धनकुटामा दर्ता भएको स्मिृति सेवा केन्द्रले अक्षयकोषको व्याजलाई हरेक बर्ष बिभिन्न सामाजिक काममा खर्च गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!