गोमा ढुंगाना/संगालोखबर

धनकुटा । बर्षासँगै खसेको पहिरोका कारण धनकुटाको भेडेटार–राजारानी सडक अवरुद्ध भएको छ । आज बिहानैदेखि परेको अबिरल बर्षासँगै तीन ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

Advertisement

बिहान ६ बजेदेखि अवरुद्ध भएको सडक साँझसम्म पनि खुल्न सकेको छैन । साँगुरीगढी–५ स्थित कुईभिर, दानसिन भीर र लुम्फाजुङमा पहिरो खसेको छ । सडक अवरुद्ध भएपछि मालबाहक सवारी साधन बाटोमै रोकिएका छन् ।

जेसिवी प्रयोग गरेर सडक खुलाउँने प्रयास भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरोले सडक धेरै क्षति पुर्याएकाले खुलाउँन समय लागेको हो । बिहान करिब ५ बजेदेखि सुरु भएको बर्षा दिउँसो करिव २ बजेमात्र रोकिएको छ ।

अबिरल बर्षाका कारण पनि सडक खुलाउँन थप समस्या भएको छ । पहिरो थप नबढेमा आज रातीसम्ममा सडक खुलाईने डाडाँबजार प्रहरी चौकीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!