गोमा ढुंगाना/संगालोखबर

विराटनगर । १ नं.प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट आज सार्वजनिक गर्दैछ । प्रदेश सभाको छैठौं तथा बजेट अधिवेशनको बाह्रौं बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बजेट सार्वजनिक गर्ने कार्यक्रम छ ।

Advertisement

दिउँसो ३ बजे बस्ने बैठकमा मन्त्री आङ्बोले आगामी आर्थिक बर्षको राजश्व र आय, व्ययको बार्षिक अनुमान प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिएका छन् । प्रदेश सरकारले ३५ अर्ब हाराहारीको बजेट सार्वजनिक गर्ने बताईएको छ ।

प्रदेश सरकारले यो तेस्रो बजेट हो । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ४२ अर्ब २० करोड ४ लाख बराबरको बजेट सार्वजनिक गरेको थियो । कोरोनाको महामारी र लकडाउनका कारण चालू बर्षको अनुमानित आय घटेपछि आगामी आर्थिक बर्षको बजेटको आकार घट्ने भएको हो ।

प्रदेश सरकारले स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम यसअघि नै सार्वजनिक गरिसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!