संगालोखबर सम्वाददाता

विराटनगर । धनकुटामा प्रदेशिक शिक्षण अस्पताल बनाउँने बिषय आगामी आर्थिक बर्षको बजेटमा समेटिएको छ । १ नं.प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा शिक्षण अस्पतालको बिषयलाई समेटेको हो ।

Advertisement

बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले शिक्षण अस्पतालका लागि बजेट बिनियोजन गरेको जानकारी दिएका छन् । ‘धनकुटामा प्रादेशिक शिक्षण अस्पताल स्थापनार्थ बिस्तृत सम्भाव्यता अध्ययन र आवश्यक भौतिक पूर्वाधार विकासका लागि आवश्यक बजेट बिनियोजन गरेको छु ।’ मन्त्री आङ्बोले भने ।

धनकुटामा शिक्षण अस्पताल बनाउँन चालु आर्थिक बर्षको बजेटमा ४ करोड बजेट बिनियोजन गरिएको थियो । तर, हालसम्म काम अघि बढेको छैन । केही दिन अघि सार्वजनिक गरिएको प्रदेशको नीति तथा कार्यक्रममा शिक्षण अस्पतालको बिषय नसमेटिएपछि जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरुले प्रदेश सभामा आवाज उठाएका थिए ।

प्रदेश सरकारले नीति तथा कार्यक्रममा छुटाएपनि बजेटमा भने शिक्षण अस्पतालको बिषयलाई समेटेको हो ।

बजेट सार्वजनिक कार्यक्रम….

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!