पाँचथर । पाँचथरको फिदिममा हिड्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । लडेर घाईते भएका फिदिम नगरपालिका–१ का ३७ बर्षीय चन्द्रकुमार आङवोको उपचारका क्रममा मृत्यु भएको हो ।
शनिवार साँझ करिव ६ बजे हिड्दै गर्दा लडेर आङवो घाईते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर लगिएको थियो । उपचारकै क्रममा गएराती करिव १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।