बिराटनगर । मोरङको सुन्दरहरैंचामा कारको ठक्करबाट घाईते भएकी एक महिलाको आज मृत्यु भएको छ । कारको ठक्करबाट घाईते भएकी सुन्दरहरैंचा—६ की ४२ बर्षीया हिमा आचार्यको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहिबार सुन्दरहरैचाको दुलारी चौकस्थित राजमार्गमा को.१ च.८४८३ नम्बरको कारले साईकलमा सवार आचार्यलाइ ठक्कर दिँदा उनी गम्भीर घाईते भएकी थिईन । उपचारका लागि उनलाई बिराटनगरस्थित न्युरो अस्पताल ल्याईएको थियो ।
उपचारकै क्रममा आज दिउँसो सवा १२ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार र चालक ईटहरीका ललित बि.क. लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।