संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाका युवा युवतीहरुले शुक्रबार पनि जिल्ला सदरमुकाममा मौन प्रदर्शन गरेका छन् । हुलाकटोलस्थित सडकमा बसेर उनीहरुले सरकारको ध्यानाकर्षण गराउँन प्लेकार्डसहित दवावमूलक प्रदर्शन गरेका हुन् ।

Advertisement

दवावमूलक र व्याङ्ग्यात्मक नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरु सडकमा बसेका थिए । ‘कर के का लागि ?, १० अर्ब खै ? जनता जान्न चाहन्छन्, क्वारेनटाईन सुरक्षित गर, आरडीटी परीक्षण बन्द गर, सरकार तिम्रो पाराले दुःख पाए साराले’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले मौन प्रदर्शन गरेका हुन् ।

बिहिबार पनि धनकुटाको मदनचौकमा युवा युवतीहरुले यसरी नै प्रदर्शन गरेका थिए । कोरोना संक्रमणको जोखिमका कारण सरकारले प्रदर्शनमा रोक लगाएको भएपनि केही दिन यता मुलुकका बिभिन्न स्थानमा दवावमूलक प्रदर्शन भईरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!