काठमाडौं । आईतबार थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङका २५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै सुनसरीका १ जना, झापाका १ जना र सप्तरीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तैगरी पर्साका १७ जना, बाराका ९ जना, सर्लाहीका ६ जना, रौतहटका ७६ जना, नवलपरासी पूर्वका ४ जना, बझाङका ५ जना, डडेलधुराका २४ जना, डोटीका ३ जना, कैलालीका १२ जना, कञ्चनपुरका २० जना, बर्दिया ३ जना, बाँकेका ३ जना, रुकुम पूर्वका १ जना, प्यूठानका २ जना, दाङका ५४ जना, धुनषाका १ जना, धादिङका २५ जना, रामेछापका २ जना, गुल्मीका ८ जना, रुपन्देहीका २६ जना, पाल्पाका १७ जना, सुर्खेतका ४० जना, दैलेखका २९ जना र सिन्धुलीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । जसमध्ये ९७४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणका कारण नेपालमा १९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।