संगालोखबर सम्वाददाता

धनकुटा । सरकारको काम प्रति असन्तुष्टि जनाउँदै धनकुटाका युवायुवतीहरुले बिहिबार जिल्ला सदरमुकाममा सरकारबिरुद्ध मौन प्रदर्शन गरेका छन् । स्वतस्फूर्त रुपमा दर्जनौंको संख्यामा निश्किएका युवायुवतीहरुले प्लेकार्ड बोकेर मौन प्रदर्शन गरेका हुन् ।

Advertisement

दवावमूलक नारा लेखिएका प्लेकार्ड र राष्ट्रिय झण्डासहित मदनचौकमा निश्किएका उनीहरुले दिउँसो १२ देखि १ बजेसम्म मौन प्रदर्शन गरेका छन् । ‘क्वारेन्टाईन सुरक्षित गर, दश अर्ब खोई ? जनता जान्न चाहन्छन्, सरकार तिम्रो पाराले दुःख पाए साराले, सरकारी खर्च पारदर्शी गर, कुर्सी मुनि कार्पेट कार्पेट मुनी जनता, आरडीटी बन्द गर, हरेक नागरिकलाई अनिवार्य पीसीआर परीक्षण गर लगायत नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले मौन प्रदर्शन गरे ।

सरकारलाई पीसीआर परीक्षण बढाउँन, कोरोना नियन्त्रणमा भएको खर्चको हिसाव सार्वजनिक गर्न र जनपक्षिय काम गर्न दवाव स्वरुप युवायुवतीहरुले प्रदर्शन गरेका हुन् । सरकारको कामको बिरोध गर्दै केही दिन यता देशका बिभिन्न स्थानमा प्रदर्शन गर्ने क्रम बढ्दै गएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!