संगालोखबर सम्वाददाता

धनकुटा । निवृत्ति भरण पाईरहेकालाई सामाजिक सुरक्षा भत्ता नदिने सरकारको निर्णय अन्यायपूर्ण रहेको भन्दै सच्याउँन माग गर्दै धनकुटाका भुपू सैनिकहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । ०७७ असार १७ गतेको मन्त्रीपरिषद्को निर्णयले भूपू शैनिकहरुलाई अन्याय गरेको भन्दै भूपू सैनिक संघ धनकुटाको अगुवाईमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाईएको हो ।

Advertisement

संघका अध्यक्ष धनवहादुर खड्का र क्षेत्रिय सभापती श्यामप्रकाश राईको अगुवाईमा धनकुटामा रहेका १६ सय भन्दा वढी भूपू सैनिक परिवारहरुले हस्ताक्षरसहितको ज्ञापनपत्र प्रजिअ केशवप्रसाद विमलीमार्फत पठाईएको हो । सरकारको निर्णयप्रति विभिन्न देशबाट अवकाश प्राप्त भारतीय शिविलियन कर्मचारी, भूपू, सैनिक, नेपाली सैनिक तथा व्रिटिस गोर्खा सैनिकका परिवारको गम्भिर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ ।

बीर गोर्खालीको देश भनेर पहिचान बनाउँने भूपू सैनिक माथि सरकारले गैरनागरिक सरह व्यवहार गर्न नहुने र निर्णय तत्काल सच्याउन ज्ञापन पत्रमा माग गरिएको छ । सरकारले ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई सम्मान वापत दिने सामाजिक सुरक्षा भत्तामा जेष्ठ भूपू सैनिकको पनि हक भएकाले त्यसलाई कटौती नगर्न उनीहरुले माग गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!