संगालोखबर सम्वाददाता


झापा । झापाको मेचीनगर–२ मा खुकुरी प्रहार गरी एक व्यापारीको हत्या भएको छ । शुक्रबार दिउँसो करिव साँढे ४ बजे एक व्यक्तिले खुकुरी प्रहार गरी भृकुटी चोकका कपडा व्यापारी नारायण आचार्यको हत्या गरेको प्रहरीले जनाएको छ ।

खुकरी प्रहार पछि गम्भीर घाईते भएका आचार्यलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । आफ्नै कपडा पसलमा रहेका बेला ५० बर्षीय आचार्यमाथि खुकुरी प्रहार भएको हो ।

Advertisement

खुकुरी प्रहार गर्नुको कारण खुल्न वाँकी छ । हत्यामा संलग्न ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । तर, प्रहरीले उनको पहिचान खुलाएको छैन । घटनाको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!