संगालोखबर सम्बाददाता

धनकुटा । मोरङको गोठगाउँस्थित कोरोना अस्पतालमा उपचाररत धनकुटाका तीन जना निको भएर आज अस्पतालबाट डिस्चार्ज भएका छन् । महालक्ष्मी नगरपालिका–७ जीतपुरका २४ बर्षीय युवा, सहिदभूमी गाउँपालिका–२ का २८ बर्षीय युवा र छथर जोरपाटी गाउँपालिकाका ३९ बर्षीय पुरुष निको भएर डिस्चार्ज भएका हुन् ।

Advertisement

सहिदभूमी र छथर जोरपाटीका युवामा असार ३० गते र महालक्ष्मीका युवामा असार ३१ गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएको १० दिन भित्रै उनीहरु निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् । योसँगै धनकुटामा कोरोना जितेर घर फर्किनेको संख्या ११ पुगेको छ ।

धनकुटाका बाँकी चार जना संक्रमित गोठगाउँस्थित कोरोना अस्पतालमा उपचाररत छन् । महालक्ष्मीका एक जना र छथर जोरपाटीका तीन जनाको उपचार भईरहेको छ । आज संक्रमण पुष्टि भएका महालक्ष्मीका पुरुष, हिजो संक्रमण पत्ता लागेका छथर जोरपाटी–२ का ४० बर्षीय पुरुष, छथर जोरपाटी–३ का ३३ बर्षीय पुरुष र असार ३० गते संक्रमण पुष्टि भएका छथर जोरपाटी–३ कै २८ बर्षीय युवाको उपचार भईरहेको हो ।

धनकुटामा हालसम्म कोरोना संक्रमण भएका व्यक्तिको संख्या १५ पुगेको छ ।

यो पनि हेर्नुहोस्…

धनकुटाका थप एक जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १५ पुग्यो

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!