
उदयपुर । उदयपुरका एक व्यक्तिले आफ्नै निधारमा गोली हानेर आत्महत्या गरेका छन् । निधारमा भरुवा बन्दुक प्रहार गर्दा लिम्चुङबुङ गाउँपालिका–५ जाँतेका ५५ बर्षीय विध्याराज राईको मृत्यु भएको हो ।
मदिरा सेवन गरेर घर गएका राईले आफैमाथि भरुवा बन्दुक प्रहार गरेको प्रहरीले जनाएको छ । पहिले नै भरेर राखेको भरुवा बन्दुकले आफैलाई प्रहार गरी राईले आफ्नै घरको आगनमा आत्महत्या गरेका हुन् । आत्महत्याको कारण खुलेको छैन ।
उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । राईकी श्रीमतिले पनि करिब एक बर्ष अघि बिष सेवन गरी आत्महत्या गरेकी थिईन् ।















