भोजपुर । भोजपुर जिल्लामा गत आर्थिक वर्ष २०७६/०७७ मा ८२ दशमलव ९४ प्रतिशत बजेट खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार जिल्लामा संघ तथा प्रदेशबाट प्राप्त चालु र पूँजीगत बजेटको औसतमा ८२ दशमलव ९४ प्रतिशत खर्च भएको हो ।

Advertisement

जसमा संघको कुल विनियोजन बजेट ५ अर्ब ३७ करोड १७ लाख ४० हजारमा चालुतर्फ ९१ दशमलव ५५ प्रतिशत, पुजीगत तर्फ ५७ दशमलव ४५ प्रतिशत गरी औसतमा ८७ दशमलव ७१ प्रतिशत खर्च भएको छ भने प्रदेशको कुल विनियोजन बजेट १ अर्व ९० करोड ७९ लाख ४८ हजारचालु तर्फ ७२ दशमलव ५५ प्रतिशत र पुजीगत तर्फ ६८ दशमलव ४ प्रतिशत गरी औसतमा ६९ दशमलव ५० प्रतिशत बजेट खर्च भएको छ । प्रदेश र संघबाट चालु र पूँजीगत दुवैतर्फबाट जिल्लाको कुल विनियोजन बजेट ७ अर्व २७ करोड ९६ लाख ८८ हजार मध्ये ६ अर्व ३ करोड ७९ लाख ३० हजार करिब ८२ दशमलव ९४ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय भोजपुरका प्रमुख गुरूभक्त श्रेष्ठले बताए ।

त्यस्तै गत आवका लागी जिल्लामा संघतर्फ २३ करोड ३ लाख १४ हजार २ सय ३६ रूपैया र प्रदेशतर्फ ४९ लाख ४३ हजार ७ सय २८ रूपैया राजस्व प्राप्त भएको थियो । गत आवमा १७ दशमलव ६ प्रतिशत बजेट फ्रिज हुनुमा कोरोना संक्रमण, ढिलो योजना सम्झौता, दरबन्दी अनुसार कर्मचारी पदपूर्ति नहुनु मुख्य कारण रहेको समेत कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमख श्रेष्ठले उल्लेख गरेका छन् ।

त्यस्तै प्रदेश सरकार अन्तर्गत कृषिज्ञान केन्द्र, सिचाई र पूर्वाधार विकास कार्यालय मार्फत सञ्चालन भएका कामको करिब ११ करोड ४५ लाख २० हजार गत आवमा भुक्तानी नभएपछि आगामी आवमा भुक्तानीको लागि प्रदेश लेखा नियन्त्रण कार्यालय प्रदेश नं १ विराटनगरलाई विवरण पठाएको समेत कोलेनिका प्रमुख श्रेष्ठले बताए ।-आजको उद्घोष दैनिकमा यो खबर छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!