संगालोखबर सम्वाददाता

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाका अध्यक्ष राजेन्द्र राईले अबिरल बर्षाका कारण आएको बाढीपहिरोबाट प्रभावितहरुलाई सहयोग गर्न नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका अध्यक्ष राईले आज सूचना जारी गर्दै नेकपाका नेता, कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् ।

Advertisement

जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि बुधबारसम्म भारी बर्षा भएर बाढी पहिरोका कारण क्षति हुनसक्ने पूर्वानुमान गरेको छ । सोही अनुसार जिल्ला प्रशासन कार्यालय धनकुटाले पनि सर्तकता अपनाउँन जिल्लाबासीलाई आग्रह गरिसकेको छ । यता, धनकुटामा गएरातीदेखि परेको बर्षाका कारण ठाउँ–ठाउँमा पहिरो जानुका साथै घरहरुमासमेत क्षति पुगेको छ । भारी बर्षाका कारण खोला, नदीमा बाढी आउँदा आसपास क्षेत्रका बस्तीसमेत बाढीपहिरोको जोखिममा छन् । बाढी पहिरोको क्षति तथा जोखिम बढिरहेका बेला प्रभावितहरुलाई सहयोग गर्न अध्यक्ष राईले नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

‘भारी बर्षाका कारण बिभिन्न ठाउँमा बाढीपहिरोले क्षति पुर्याउँन सक्छ ।’ सूचनामा भनिएको छ–‘विपदमा परेकाहरुलाई उद्धार तथा आवश्यक सहयोग गर्न नेकपा सम्बद्ध सम्पूर्ण आम नेता तथा कार्यकर्तालाई निर्देशन गर्दछौ ।’ यता, बाढी पहिरोको जोखिमबाट बच्न उच्च सर्तकता अपनाउँन जिल्लाबासीलाई आग्रह गर्दै प्राकृतिक प्रकोपबाट उत्पन्न हुनसक्ने जोखिम न्यूनिकरणका लागि स्थानीय सरकार र सरकारसम्बद्ध निकायहरुलाई तयारी अवस्थामा रहन पनि अध्यक्ष राईले आग्रह गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!