संगालोखबर सम्बाददाता
फायल तस्वीर

झापा । झापाको भद्रपुर नगरपालिका–२ स्थित पोखरीमा तीन जना बालकको शव फेला परेको छ । पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणस्थलमा खनिएको पोखरीमा डुबेको अवस्थामा एकै परिवारका दुईसहित तीन जना बालक मृत फेला परेका हुन् ।

भद्रपुर–२ का १० बर्षीय अंकुश तामाङ, १४ बर्षका अर्जुन थामी र १२ बर्षका करण थामी पोखरीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक करण र अर्जुन दाजु–भाई हुन् ।

Advertisement

प्रहरीका अनुसार घरमा कसैलाई नसोधी उनीहरु बुधबार दिउँसो पोखरीमा गएका थिए । अबेरसम्म पनि घर नफर्किएपछि खोजी गर्ने क्रममा बुधबार साँझ ७ बजे अंकुशको शव पोखरीमा फेला परेको हो । यता, करण र अर्जुनको शव भने बिहिबार बिहान मात्र पोखरीमा भेटिएको थियो ।

घटनाको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!