- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको हिले बजार नजिक रहेको वक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर परिसरमा शेष नागको मूर्ति राखिएको छ । नाग पञ्चमीको अवसर पारेर शनिवार एक कार्यक्रमकाबीच नागको मुर्ति अनावरण गरिएको हो ।

Advertisement

धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग र हिलेस्थित २ नं वाहिनीका बाहिनीपति यमकुमार ढकालले मूर्ति अनावरण गरेका हुन् । २ लाख ७ हजार वरावरको लागतमा मुर्ति निर्माण गरिएको हो ।

करिव ११ बर्ष अघि नाग देखा परेपछि मन्दिरको रुपमा बिकास गरिएको सो क्षेत्र अहिले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा बिकास हुँदै गएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!