- संगालोखबर सम्बाददाता

सुनसरी । ईटहरीमा बसबाट ओर्लदै गरेका व्यक्तिलाई लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका छन् । शुक्रबार धरानबाट ईटहरीतर्फ आईरहेको बसमा सवार धरान उपमहानगरपालिका–८ का ५७ बर्षीय डम्बर प्रसाद बास्तोलाको ९७ हजार ६ सय रुपैयाँ चोरी गरेको आरोपमा चार जना पक्राउ परेका हुन् ।

काभ्रेपलाञ्चोक रोसी गाउँपालिका–३ का ३६ बर्षीय जित बहादुर ट्वाटी श्रेष्ठ, रोसी गाउँपालिका–५ का २२ बर्षीय युवराज लामा, भुङलो गाउँपालिका–८ का ३२ बर्षीय सन बहादुर लामा तामाङ र तिमाल गाउँपालिका–२ का २६ बर्षीय कमल लामालाई चोरी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको हो । घटनामा अन्य दुई जनाकोसमेत संग्लग्नता रहेको पाईएकाले उनीहरुको खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।

चार जनाको समूहले ईटहरीको ट्याङग्रा खोला छेउमा बसबाट ओर्लन लागेका बास्तोलाको नगद जबरजस्ती लुटपाट गरी फरार भएका थिए । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय ईटहरीको टोलीले फरार भएका मध्ये कमल लामालाई तत्काल पक्राउ गरेको थियो । बाँकी तीन जनालाई खोजतलास गर्ने क्रममा सोमवार दिउँसो तरहराबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । उनीहरुको साथबाट नगद १२ हजार ९ सय रुपैयाँ बरामद भएको छ ।

यो समूह चोरी गर्न कै लागि काठमाण्डौबाट बिहिबार पूर्वतर्फ आएको र धरानको एक होटलमा बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!