संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

ताप्लेजुङ । युवतीलाई बलात्कार गरेको आरोपमा ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाका विमल कंलिवा लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ । २० वर्षीया युवतीलाई बलात्कार गरेको उजुरी परेपछि लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।

सिरिजङगा गाउँपालिका–३ स्थित चौतारामा बोलाएर लिम्बूले ती युवतीलाई जबरजस्ती करणी गरेको आरोप छ । लिम्बूले जबरजस्ती करणी गरी खुकुरीले जबरजस्ती कपालसमेत काटिदिएको भन्दै पीडित युवतीले प्रहरीमा जाहेरी दिएकी छन् ।

Advertisement

पीडितले जाहेरी दिएपछि लिम्बूलाई पक्राउ गरी कारबाही प्रकृया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । उनीबिरुद्ध अदालतमा मुद्दा दायर गरी म्याद थप गरेर प्रहरीले घटनाको बिषयमा अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!