- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाका थप एक युवामा आज कोरोना संक्रमण पुष्टि भएको छ । महालक्ष्मी नगरपालिका–३ डाँडागाउँका २१ बर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

उनी गत असार २८ गते भारतबाट आएर चानुवास्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेनटाईनमा बस्दै आएका थिए । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पत्ता लागेको महालक्ष्मी नगरपालिकाका हेल्थ असिस्टेन्ट प्रेम भट्टराईले संगालोखबरलाई जानकारी दिए ।

योसँगै महालक्ष्मी नगरपालिकामा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । यसअघि महालक्ष्मी–७ जीतपुरका ३० बर्षीय र जीतपुरकै २४ बर्षीय युवामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । जीतपुरका २४ बर्षीय संक्रमित युवा भने उपचार पश्चात कोरोनामुक्त भईसकेका छन् ।

यता, महालक्ष्मीमा पुनः कोरोना संक्रमित थपिएसँगै अब धनकुटा जिल्लामा कोरोना संक्रमित हुँनेको संख्या १६ पुगेको छ । जसमध्ये ११ जना उपचार पश्चात निको भएका छन् । यसअघि संक्रमण पुष्टि भएका महालक्ष्मी–७ का ३० बर्षीय पुरुष, छथर जोरपाटी–२ का ४० बर्षीय पुरुष, छथर जोरपाटी–३ का ३३ बर्षीय पुरुष र छथर जोरपाटी–३ कै २८ बर्षीय युवाको मोरङको गोठगाउँस्थित कोरोना अस्पतालमा उपचार भईरहेको छ । नयाँ भेटिएका संक्रमित अहिले चानुवामै छन् । उनलाई उपचारका लागि लैजान वाँकी छ ।

यसैवीच धनकुटामा हालसम्म ९ सय ६५ जनाको पीसीआर परीक्षण गरिएको छ । यता, पाख्रीवास, साँगुरीगढी र चौबिसेबाट स्वाब संकलन गरेर पठाईएका ४७ जनाको पीसीआर रिपोर्ट आउँन वाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!