- संगालोखबर सम्बाददाता

झापा । झापामा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कमल गाँउपालिका—२ त्रिवेणी चौकका ३४ बर्षीय रामजी थापालाई श्रीमतीको हत्या गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

शनिबार साझँ करिव ६ बजे थापाले २४ बर्षीया श्रीमती रीताको हत्या गरेको आरोप छ । घरायसी विषयमा बिवाद हुँदा थापाले श्रीमतीको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

थापालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा अन्तरगत कानुनी कारबाही अघि बढाईएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!