- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको राजारानीमा उत्पादन गरिएको ‘प्रिन्सेस वाइन’ पहिलो पटक बजारमा आएको छ । माउण्ट एभरेष्ट वाइनरीले उत्पादन थालेको वाईन पहिलो पटक काठमाडौंमा बिक्री थालिएको हो । अब, केही दिन भित्रै पूर्वी नेपालको बजारमा पनि वाईन बिक्रि थालिने वाईनरीले जनाएको छ ।

करिब २० करोडको लगानीमा ‘वाइन फ्याक्ट्री’ स्थापना गरेर किवी फलबाट वाईन उत्पादन थालिएको हो । ‘फलफुलको राजा’ मानिने किवी स्वास्थ्यका हिसाबले धेरै नै लाभदायी भएकाले किवीबाट उत्पादित ‘प्रिन्सेस वाइन’ ले वाईन पारखीहरुको मन जित्ने माउण्ट एभरेष्ट वाइनरीका प्रबन्ध निर्देशक बिष्णु बास्तोलाको दावी छ । ‘किवीलाई फलफुलको राजा भनेर चिनिन्छ । स्वास्थ्यका हिसाबले यो धेरै लाभदायी छ ।’ बास्तोलाले भने-‘किवीबाट उत्पादित प्रिन्सेस वाइनले वाईन पारखीको छिटै मन जित्नेमा हामी ढुक्क छौ ।’

उद्योगले रेड र ह्वाइट वाइन उत्पादन गरेर बजारमा लगेको छ । उद्योगमा करिब दुई सय जनाले प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी पाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!