- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा दुई महिला र एक परुषमा संक्रमण पुष्टि भएको हो ।

Advertisement

संक्रमण पुष्टि हुँनेमा धनकुटा नगरपालिका–३ का एक महिला, एक पुरुष र उच्च अदालत धनकुटामा कार्यरत भोजपुरका एक पुरुष कर्मचारी छन् । धनकुटा–३ का संक्रमित पुरुष केही दिन अघि कोरोना संक्रमण पश्चात मृत्यु भएकी बृद्धाका छोरा हुन् भने संक्रमित महिला पनि बुहारी नाता पर्ने हुन् ।

कोरोना संक्रमित बृद्धाको मृत्यु भएपछि कन्ट्राक्ट ट्रेसिङका आधारमा पीसीआर परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले जानकारी दिए ।

योसँगै धनकुटामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६३ पुगेको छ । जसमध्ये ४५ जना निको भईसकेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!