- गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटाकी कोरोना संक्रमित एक बृद्धाको मृत्यु भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा धनकुटा नगरपालिका–३ निगालेकी ६५ बर्षीया कोरोना संक्रमित बृद्धाको मृत्यु भएको हो ।

प्रतिष्ठानमा पीसीआर परीक्षण गराउँदा उनमा एक साता अघि कोरोना संक्रमण पुष्टि भएको थियो । प्रतिष्ठानको आईसोलेशनमा उपचारका क्रममा उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.आशिष श्रेष्ठले संगालोखबरलाई जानकारी दिए । धनकुटाका कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो ।

यता, मृतक बृद्धाका ६७ बर्षीय श्रीमानमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनी धनकुटाको औद्योगिक ग्रामस्थित आईसोलेशनमा छन् । धनकुटामा हालसम्म ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४५ जना निको भईसकेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!