संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा बिगत २४ घण्टाको अवधिमा ४४६ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । मोरङमा २३०, सुनसरीमा १४३, झापामा ३३, इलाममा १०, धनकुटामा ७, संखुवासभामा ६, उदयपुरमा ५, भोजपुर र ताप्लेजुङमा ४/४, खोटाङमा २ तथा तह्रथुम र ओखलढुङ्गामा १/१ कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार विराटनगरमा १५२ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५१ महिला र १०१ पुरुष छन् । मोरङको सुन्दहरैचामा ४ महिला १४ पुरुष, जहदामा ३ महिला ११ पुरुष, बुढीगंगामा ६ महिला ७ पुरुष, कानेपोखरीमा २ महिला ७ पुरुष, ग्रामथानमा १ महिला ६ पुरुष, कटहरीमा ३ महिला ३ पुरुष, रतुवामाईमा १ महिला २ पुरुष, पथरीशनिश्चरे र उर्लाबारीमा २/२ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, लेटाङमा १ महिला र स्थानीय तह नखुलेका १ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ ।

सुनसरीको धरानमा २७ महिला ३३ पुरुष, इटहरीमा २४ महिला ३५ पुरुष, इनरुवामा २ महिला ४ पुरुष, हरिनगरमा ३ पुरुष, गढी, दुहवी र बर्जुमा २–२ पुरुष, बराहक्षेत्रमा १ महिला १ पुरुष, देवानगञ्जमा २ महिला, भोक्राहा नरसिंहमा १ पुरुष र स्थानीय तह नखुलेका ४ पुरुष संक्रमित भएका छन् । झापाको भद्रपुरमा १ महिला १४ पुरुष, मेचीनगरमा ४ महिला ३ पुरुष, दमक र विर्तामोडमा ४–४ पुरुष, गौरीगञ्ज, कनकाई र स्थानीय तह नखुलेका १/१ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ । त्यस्तै, इलामको इलाम नगरपालिकामा ७ पुरुष, सुर्योदय, चुलाचुली र स्थानीय तह नखुलेका १/१ पुरुषमा संक्रमण देखिएको छ ।

त्यस्तैगरी, धनकुटाको धनकुटा नगरपालिकामा १ महिला ५ पुरुष र महालक्ष्मी नगरपालिकामा १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । संखुवासभाको सभापोखरीमा २ पुरुष, खाँदबारीमा १ पुरुष, चैनपुरमा १ महिला र स्थानीय तह नखुलेका २ पुरुष, उदयपुरको त्रियुगामा २ पुरुष, कटारीमा १ पुरुष, स्थानीय तह नखुलेका २ पुरुषमा संक्रमण भएको छ ।

भोजपुरको भोजपुर र आमचोकमा १–१ पुरुष, टेम्केमैयुङमा १ महिला र स्थानीय तह नखुलेका १ पुरुष, ताप्लेजुङमा १ महिला ३ पुरुष, खोटाङको दिक्तेलरुपाकोट मझुवागढी र स्थानीय तह नखुलेका १–१ पुरुष, तेह्रथुमको लालीगुराँसमा १ पुरुष र ओखलढुङ्गाको चिशंखुगढीमा १ पुरुषमा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ हजार ३४१ पुगेको छ । जसमध्ये ४ हजार ७७४ जना डिस्चार्ज भएका छन् । शुक्रबार पनि प्रदेश १ का ११३ जना निको भएका छन् । उनीहरु सबै होम आईसोलेशनबाटै कोरोनामुक्त भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!