
धनकुटा । धनकुटाका थप ६ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा टेलिकमका तीन कर्मचारीसहित ६ जना पुरुषमा संक्रमण देखिएको हो ।
संक्रमण पुष्टि हुँनेमा नेपाल टेलिकम धनकुटामा कार्यरत ४८ र ३७ बर्षीय तथा हिलेमा कार्यरत टेलिकमका ४८ बर्षीय कर्मचारी छन् । त्यस्तै, घरेलु कार्यालयमा कार्यरत ३० बर्षीय सरकारी कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ । यता, धनकुटा नगरपालिका–१ का ६७ र धनकुटा–४ का ४० बर्षीय पुरुषमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले जानकारी दिए ।
कन्ट्राक्ट ट्रेसिङका क्रममा १७ जनाको पीसीआर परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै धनकुटामा कोरोना संक्रमण पुष्टि हुँनेको संख्या ५७ पुगेको छ । जसमध्ये ४५ जना निको भएका छन् ।















