
झापा । झापाको बिर्तामोडमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा पाँचथरको फिदिमका २४ बर्षीय शिव तुम्बाहाम्फो छन् । तुम्बाहाम्फो बिर्तामोडस्थित सानीआमाको घरमा केही दिन अगाडि आएका थिए ।
सानीआमाको घर नजिक नालामा माछा मार्ने क्रममा उनलाई आईतबार साँझ करिब ६ बजे करेन्ट लागेको हो । करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
तुम्बाहाम्फोसँगै माछा मार्न गएका हरी प्रसाद रिमाललाईसमेत करेन्ट लागेको छ । बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा घाईते रिमालको उपचार भईरहेको छ ।















