- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाका शिक्षकहरुलाई सूचना प्रविधि सम्बन्धि तालिम दिनका लागि प्रदेश १ सामाजिक विकास मन्त्रालय र धनकुटा नगरपालिकाबीच सम्झौता भएको छ । शिक्षकहरुका लागि क्षमता विकास तालिम सञ्चालन गर्न मन्त्रालयले धनकुटा नगरपालिकासँग सम्झौता गरेको हो ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीवीच सम्झौता भएको छ । विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न शिक्षकहरुका लागि आधारभुत कम्प्युटर ज्ञान तथा सूचना प्रविधि शिक्षा सम्बन्धि तालिम गर्न सम्झौता गरिएको हो ।

मन्त्रालयले इलामको सुर्योदय नगरपालिका, झापाको अर्जुनधारा र मेचीनगर नगरपालिका, मोरङको सुन्दरहरैंचा, पथरीशनिश्चरे नगरपालिका, सुनसरीको धरान, इनरुवा, इटहरी बराहक्षेत्र, उदयपुरको त्रियुगा नगरपालिकासँग सम्झौता गरिसकेको छ । पहिलो चरणको तालिम मन्त्रालयले गत असोज १५ गतेदेखि शुरु गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!