बेलबारी । मोरङको बेलबारीमा वडाध्यक्षसहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर ९ का वडाध्यक्ष नगेन्द्र खड्कासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार संक्रमण पुष्टि हुनेमा वडा नम्बर २ का ४ जना छन् भने एनएमवि बैंकका कर्मचारी १ जना, वडा नम्बर ५ का १ जना र वडा नम्बर १ का १ जना छन् । सोमबार नगरपालिकाले होम आइसोलेसनमा रहेका ३ जना संक्रमितसहित ३० जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि प्रदेश ल्याब बिराटनगर पठाएको थियो ।
परीक्षण गर्दा होम आईसोलेशनमा रहेका ३ जनासहित २२ जनाको रिपोर्ट नेगेटिभ आएको बेलबारी नगरपालिकाले जनाएको छ ।