
सुनसरी । सुनसरीको इटहरी–५ स्थित राजमार्गबाट अतिसबाजी (पटका) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी श्रीपुरका १९ बर्षीय आलम मिया र २७ बर्षीय समिर मिया छन् ।
राजमार्ग किनारमा बोेरा र कार्टुनमा पटका लुकाएर बिक्रिका लागि पर्खिराखेका उनीहरुलाई विशेष सुराकीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट सिभिजाई कोब्रा– ६७ बण्डल पटका बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बोरा र कार्टुनमा प्याक गरेर राखेको अवस्थामा पटका बरामद भएको हो ।















