संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरमा आज रक्तदान कार्यक्रम गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर विराट मेडिकल कलेजसँग सहकार्य गरी नेपाली युवा उद्यमी मञ्च विराटनगरले रक्तदान कार्यक्रम गरेको हो ।

Advertisement

रक्तदानमा ५८ पिन्ट रगत संकलन भएको नेपाली युवा उद्यमी मञ्च विराटनगरका सचिव रोमन कटेलले जानकारी दिए । विराटनगर-१४ स्थित एमएम प्लाष्टिक उद्योगमा भएको कार्यक्रममा युवा उद्यमीसहित उद्योग व्यवसायमा कार्यरत कर्मचारी लगायतले रक्तदान गरेका छन् ।

रक्तदान गर्नेहरूलाई युवा उद्यमी मञ्चका अध्यक्ष रञ्जित भगत, सचिव रोमन कटेल लगायतले प्रमाण पत्र वितरण गरेका छन् ।

४० वर्ष उमेरभित्रका युवा उद्यमीहरू सम्मिलित सो मञ्चले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हरेक वर्ष विराटनगरमा रक्तदानसहित बिभिन्न कार्यक्रम गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!