संगालोखबर सम्वाददाता

भोजपुर । पहिरोमा पुरिएर भोजपुर नगरपालिका–२ हेलौछाका पासाङ तामाङको मृत्यु भएको छ । निगुरो टिप्न झ्यालसिङे जङ्गल गएका बेला पहिरोले पुर्दा ४७ वर्षीय तामाङको मृत्यु भएको हो ।

Advertisement

परिवारका सदस्यसँग उनी बिहीबार बिहान जङ्गलमा निगुरो टिप्न गएका थिए । सोही क्रममा सडक माथिबाट खसेको पहिरोले पुर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सडक भन्दा करिब दुई सय मिटर माथिबाट पहिरो खसेको हो ।

पहिरोमा पुरिएका तामाङलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खोजी गर्ने क्रममा शुक्रबार उनको शव फेला परेको हो । मृतकको शवलाई पोस्टमार्टमका लागि भोजपुर जिल्ला अस्पताल ल्याइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!