धनकुटामा पहिरोले घर पुर्दा आमा-छोरीको मृत्यु, छिमेकी घाइते
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका-५ गुराँसे देवीथानमा आज बिहान पहिरोले घर पुर्दा आमा-छोरीको मृत्यु भएको छ । वर्षासँगै बिहान करिब ३ बजे माथिबाट खसेको पहिरोले स्थानीय सन्तोष तामाङको घर पुरेको हो ।
घरसँगै पहिरोमा पुरिएर सन्तोषकी श्रीमती ३२ वर्षीया आशा तामाङ र आशाकी आमा ५० वर्षीया रामकुमारी तामाङको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख एसपी श्यामसिंह चौधरीले जानकारी दिए । ‘पहिरो झर्दै गरेका बेला स...































