संगालोखबर
फाईल तस्वीर

धनकुटा । धनकुटामा मोबाइल चार्जबाट निकाल्ने क्रममा करेन्ट लाग्दा घाइते भएकी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका–२ साम्भुगाउँकी ६४ वर्षीया सोमशेर माया राई छन् ।

चार्जमा राखेको मोबाइल निकाल्ने क्रममा गत बिहीबार दिउँसो उनलाई करेन्ट लाग्दा बाँया हातको करिब १० प्रतिशत भाग जलेको थियो । उनलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी लगिएको भएपनि सामान्य उपचार पश्चात घर फर्काइएको थियो ।

Advertisement

आज पुनः स्वास्थ्यमा समस्या देखिएपछि धनकुटा जिल्ला अस्पताल ल्याइएको भएपनि उपचारका क्रममा आज दिउँसो करिब २ बजे उनको मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!