बचतकर्ता ठग्ने सहकारीलाई कारबाही हुनुपर्छ : प्रदेश सांसद राई
धनकुटा । धनकुटाबाट निर्वाचित कोशी प्रदेश सभा सदस्य निरन राईले बचतकर्ताहरूलाई ठगी गर्ने सहकारीहरूलाई आवश्यक कारबाही गर्नुपर्ने बताएका छन् । जिल्ला सहकारी संघ धनकुटाको १४ औँ वार्षिक साधारणसभामा बोल्दै प्रदेश सभा सदस्य राईले यस्तो बताएका हुन् ।
उनले जिल्लामा रहेका सहकारीको गतिविधि सकारात्मक नै रहेको बताउँदै केही सहकारीबाट बचतकर्ता ठगिएको बारेमा सहकारी संघले आवश्यक कदम चाल्नुपर्ने बताए ।
उनले जिल्...































