विराटनगरमा ‘संघर्षदेखि समाधानसम्म’ विचार तथा विमर्श कार्यक्रम
विराटनगर । देशभरि फैलिएको पछिल्लो राजनीतिक तथा सामाजिक आन्दोलनका विषयमा गहिरो बहस र छलफल गर्न विराटनगरमा ‘संघर्षदेखि समाधानसम्म’ विचार तथा विमर्श कार्यक्रम गरिएको छ ।
विराटनगर यूथ रिभोलुसनको आयोजनामा भएको कार्यक्रममा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू, युवापुस्ता र जेनजी सहभागि थिए । उनीहरूले पछिल्लो घटनाक्रम तथा आन्दोलनको आवश्यकता, चुनौती र सम्भावित समाधानबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए ।...





























