पाँचथरमा बन्दुक पड्किएर युवकको मृत्यु
विराटनगर । पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ नवमीडाँडा जंगलमा बन्दुक पड्किएर एक युवकको मृत्यु भएको छ । बुधबार राति वन्यजन्तुको सिकार गर्न गएका फिदिम नगरपालिका-९ का २० वर्षीय सुन्दर सारु मगरको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मगर छिमेकी ३३ वर्षीय मनबहादुर सम्बाहाम्फेसँग सिकार खेल्न जंगल गएका थिए । बन्दुक पड्किएर गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर लगिएकोमा चिकित्सकले मृत घो...






























