विराटनगरमा एमाले नेता महेश बस्नेतमाथि मसी प्रहार गर्ने युवा को हुन् ?
विराटनगर । विराटनगरमा नेकपा एमालेका नेता महेश बस्नेत सवार गाडीमा रातो मसी प्रहार गर्ने दुई युवा नेपाली काँग्रेसका क्रियाशील सदस्य भएको खुलेको छ । युवा संघको जागरण सभामा सुनसरी जाँदै गर्दा बस्नेत सवार बा १७ च ५९६१ नम्बरको गाडीको सिसामा मसी प्रहार भएको थियो ।
विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा बस्नेत र पूर्वमन्त्री भानुभक्त ढकालमाथि विराटनगर –१ का २५ वर्षीय संजोग गौतम र विराटनगर-२ का १९ वर्षीय...




























