धरानमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

धरानमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-१६ मा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान-१७ पृथ्वीचोकका ४९ वर्षीय खगेन्द्र राई छन् । राईले दुई महिना अघि मेयर हर्क साम्पाङको नेतृत्वमा भइरहेको श्रमदानका क्रममा यौन दुर्व्यवहार गरेको आरोप छ । राई श्रमदान अभियानमा खाना पकाउने जिम्मेवारीमा रहेका थिए । इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जवेगूका अनुसार...
धनकुटाबाट ब्राउन सुगरसहित एक जना पक्राउ

धनकुटाबाट ब्राउन सुगरसहित एक जना पक्राउ

धनकुटा । धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-६ सरस्वती चोकका ५० वर्षीय सुशील खड्गी छन् । बिहीबार साँझ ५ः३० बजे विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले २५० मिलिग्राम ब्राउन सुगरसहित उनलाई घरबाटै नियन्त्रणमा लिएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
धनकुटाको बिहीबारे हटियामा अनुगमन

धनकुटाको बिहीबारे हटियामा अनुगमन

धनकुटा । धनकुटा नगरपालिका-५ स्थित बिहीबारे हटियाको अनुगमन गरिएको छ । आज उप-प्रमुख भिमादेवी खनालको नेतृत्वमा हटियाको अनुगमन गरिएको हो । अनुगमनका क्रममा खाद्यान्न, फलफूल, मासु पसल, नापतौल लगायतका व्यवसायीहरूसँग खाद्य गुणस्तर र सरसफाइका विषयमा छलफल भएको थियो । कैफियत पाइएका पसलहरूलाई आगामी दिनमा सुधार गर्न सुझाव दिइएको छ । अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत दशरथ राई, प्रशासन योजना तथा अनुगमन शाखा प...
धनकुटाबाट गाँजासहित एक जना पक्राउ

धनकुटाबाट गाँजासहित एक जना पक्राउ

धनकुटा । धनकुटाबाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको मौवाखोला गाउँपालिका-६ का ४१ वर्षीय बुद्धिमान गुरुङ छन् । आज दिउँसो भोजपुरबाट धरानतर्फ जाँदै गरेको को १ ख ७२४० नम्बरको बसमा चेकजाँच गर्दा ६ किलो गाँजा फेला परेको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनलाई साँगुरीगढी गाउँपालिका-१ लाबरबोटेबाट नियन्त्रणमा लिइएको उनले बताए । उनका सम्बन्धमा आवश...
सुनसरीबाट मलद्वारमा च्यापेर लागूऔषध ल्याउँदै गर्दा एक जना पक्राउ

सुनसरीबाट मलद्वारमा च्यापेर लागूऔषध ल्याउँदै गर्दा एक जना पक्राउ

विराटनगर । सुनसरी प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-२ का २३ को शिशिर भट्टराई छन् । आज दिउँसो इनरुवा नगरपालिका-४ बसचोकबाट ८ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगरसहित उनलाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । मलद्वारमा च्यापेर लागूऔषध ल्याउँदै गरेका उनलाई प्रहरीले पैदल हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो । विशेष...
खानेपानी मन्त्रीलाई हर्क साम्पाङको पत्र– खोलाखोल्सीको पानी जोडेर गुजारा गरौंला !

खानेपानी मन्त्रीलाई हर्क साम्पाङको पत्र– खोलाखोल्सीको पानी जोडेर गुजारा गरौंला !

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले खानेपानी मन्त्री प्रदीप यादवलाई पत्र लेख्दै असन्तुष्टि पोखेका छन् । ३० वर्षसम्म पुग्ने खानेपानीको दीर्घकालीन योजनाका लागि सप्‍तकोसीको पानी धरान ल्याउन धेरै पटक मन्त्रालय धाएको स्मरण गर्दै उनले मन्त्रीलाई पत्र लेखेका छन् । ‘आर्थिक वर्ष २०८२/८३ मा चार करोड नेपाल सरकारले विनियोजन गरेको भन्ने जानकारी प्राप्त भयो’, उनले पत्रमा भनेका छन्,...
विराटनगरमा ‘प्रहरी हौं’ भन्दै लुटपाट गर्ने गिरोहका थप एक जना पक्राउ

विराटनगरमा ‘प्रहरी हौं’ भन्दै लुटपाट गर्ने गिरोहका थप एक जना पक्राउ

विराटनगर । विराटनगरमा ‘प्रहरी हौं’ भन्दै लुटपाट गर्ने गिरोहका अर्का एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–११ का २५ वर्षीय कुशल पाण्डे छन् । उनलाई मोरङ प्रहरीले बुधबार पक्राउ गरेको हो । उनी नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) विराटनगरका नेता हुन् । यसअघि प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ । गत असार ११ बिहान ११ः१५ बजे विराटनगर-१५ का बिक्रमकुमार साह त...
झापामा साथीको कुटपिटबाट गम्भीर घाइते भएका दुई युवकको मृत्यु

झापामा साथीको कुटपिटबाट गम्भीर घाइते भएका दुई युवकको मृत्यु

विराटनगर । झापामा साथीको कुटपिटबाट गम्भीर घाइते भएका दुई युवकको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका– ९ बस्ने १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङको मृत्यु भएको हो । प्रहरीका अनुसार एकसाता अघि साथीसँग झगडा हुँदा थापा र तामाङ घाइते भएका थिए । थापाको शनिबार र तामाङको बुधबार उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूको बीएण्सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको थि...
झापामा जंगली हात्तीको आक्रमणबाट पुरुषको मृत्यु

झापामा जंगली हात्तीको आक्रमणबाट पुरुषको मृत्यु

विराटनगर । झापामा जंगली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-७ फक्तालुङ्गका ५९ वर्षीय लोकप्रसाद लिम्बू छन् । प्रहरीका अनुसार शौचालय जान घर बाहिर आँगनमा निस्किएका बेला लिम्बूलाई बिहान ३ः४५ बजेतिर हात्तीले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इटहरीमा हायस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकले हायस लिएर हिँडेपछि…

इटहरीमा हायस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकले हायस लिएर हिँडेपछि…

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-५ राजश्व ढाट नजिकैबाट हायस गाडी लिएर हिँड्ने पक्राउ परेका छन् । मंगलबार साँझ ६ बजे पूर्वतर्फ आउँदै गरेको बा ३ ख ७९७८ नम्बरको हायस र विपरीत दिशातर्फ जाँदै गरेको प्र १-०२-०५१ प ८२८० नम्बरको मोटरसाइकल ठोक्किएका थिए । उक्त दुर्घटनामा मोटरसाइकल चालक लडेपछि हायस चालक सिन्धुली दुधौली नगरपालिका-१० का ३३ वर्षीय शेरबहादुर गुरुङ उठाउन गएका थिए । तर मोटरसाइकल चालक अ...
सुनसरीबाट २४ वर्षबढी कैद सजाय तोकिएका पप्पु पक्राउ 

सुनसरीबाट २४ वर्षबढी कैद सजाय तोकिएका पप्पु पक्राउ 

विराटनगर । सुनसरीबाट ज्यान सम्बन्धी कसुरमा २४ वर्षबढी कैद सजाय तोकिएका युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका-७ का २५ वर्षीय पप्पु सिंह भनिने पप्पु यादव छन् । उनलाई मंगलबार इनरुवा नगरपालिका-३ बाट हिँड्दै गरेको अवस्थामा पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । जिल्ला अदालत सुनसरीले २०८१ भदौ २५ गते गरेको फैसला अनुसार उनलाई २४ वर्ष ८ म...
धनकुटाबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

धनकुटाबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

धनकुटा । धनकुटाबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका-१ का ३२ वर्षीय दिनेश राई छन् । उनलाई मंगलबार दिउँसो घरबाट नै पक्राउ गरिएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । राईविरुद्ध २०७९ फागुन २ गते लागूऔषध सम्बन्धी मुद्दा दर्ता भएको थियो । उनीविरुद्ध आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।
भोजपुरका थापा धनकुटामा मृत फेला

भोजपुरका थापा धनकुटामा मृत फेला

धनकुटा । धनकुटामा एक युवक मृत फेला परेका छन् । भोजपुरको अरुण गाउँपालिका-७ घर भएका २७ वर्षीय सागर थापा पाख्रीबास नगरपालिका-५ रुपटारस्थित खेतमा मृत फेला परेका हुन् । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार उनी झापास्थित मावली घरबाट १६ गते फर्किएका थिए । तर उनी घर नपुगेपछि खोजतलास गर्ने क्रममा मंगलबार साँझ ६ः३० बजे शव फेला परेको हो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा ...
सुनसरीको देवानगञ्जमा सर्पले टोकेर महिलाको मृत्यु

सुनसरीको देवानगञ्जमा सर्पले टोकेर महिलाको मृत्यु

विराटनगर । सुनसरीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । देवानगन्ज गाउँपालिका-१ मध्याहर्षाहीकी ५५ वर्षीय कल्सी मेहताको मृत्यु भएको हो । प्रहरीका अनुसार मंगलबार साँझ ६ः३० बजेतिर घाँस काट्न जाने क्रममा उनलाई सर्पले डसेको थियो । सर्पले टोकेर घाइते भएकी उनलाई घरमा लगेर राखिएकोमा अवस्था गम्भीर भएको थियो । उनलाई सर्पले टोकेको भनेर ८ः२० बजे प्रहरीले खबर पाएको थियो । उपचारका लागि लैजाने क्रममा...
सुनसरीमा स्कुल बसले किचेर नाबालकको मृत्यु

सुनसरीमा स्कुल बसले किचेर नाबालकको मृत्यु

विराटनगर । सुनसरीमा स्कुल बसले किचेर नाबालकको मृत्यु भएको छ । गढी गाउँपालिका-६ स्थित भित्री पक्की सडक खण्डमा मंगलबार अपरान्ह आफैँ चढेको बसले नाबालकलाई किचेको हो । बसले किचेर गढी-६ का श्रवण उराउको ३ वर्षीय छोरा आयुष उराउको मृत्यु भएको प्रहरीले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको गढी-३ छिटाहास्थित लिटिल बड्ज एकेडेमी बोर्डिङ स्कुलको ग १ ख २०१२ नम्बरको बसले नाबालकलाई किचेको हो । प्रहरीका अन...
ताप्लेजुङमा घरमाथिबाट पहिरो खस्दा एक जना गम्भीर घाइते

ताप्लेजुङमा घरमाथिबाट पहिरो खस्दा एक जना गम्भीर घाइते

विराटनगर । ताप्लेजुङमा पहिरोले घर पुरिँदा एक महिला गम्भीर घाइते भएकी छन् । सिदिङबा गाउँपालिका-३ आङखोपमा कुलोमा बगेको पानी छेकिएर घरमाथिको खेतमा पस्दा पहिरो खसेको हो । पहिरोले हस्तबहादुर कटुवालको घर पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर हस्तबहादुरकी श्रीमती ५० वर्षीय ठगमाया कटुवाल गम्भीर घाइते भएकी ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । परिवारका अन्य सदस्यको अवस्था...
धनकुटामा ११ प्रतिशत रोपाइँ 

धनकुटामा ११ प्रतिशत रोपाइँ 

धनकुटा । धनकुटामा हालसम्म धानखेती हुने कुल जमिनको ११ प्रतिशत रोपाइँ भएको छ । मध्य असार भइसक्दा पनि पर्याप्त वर्षा नहुँदा कम रोपाइँ भएको हो । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार धनकुटामा ४ हजार ९ सय ३८ दशमलब ८९ हेक्टर क्षेत्रफलमा धान हुने खेती हुनेगरेको छ । जसमध्ये हालसम्म ११ प्रतिशत अर्थात् ५ सय ४३ दशमलव २७ हेक्टरमा मात्रै रोपाइँ भएको छ । जिल्लाका अधिकांश स्थानमा सिँचाइ राम्रो प्रबन्ध नहुँदा आक...
सुनसरीबाट गाँजासहित दुई जना पक्राउ

सुनसरीबाट गाँजासहित दुई जना पक्राउ

विराटनगर । सुनसरीबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । सोमबार राति ११ः४० बजे देवानगन्ज गाउँपालिका-३ यादव टोलबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा १८ वर्षीय राजकुमार यादव र १८ वर्षीय राजु यादव छन् । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार राजकुमारको घरमा गाँजाको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ६ किलो २८० ग्राम गाँजा बरामद गरेको छ । उनक...
धरानबाट गाँजासहित एक जना पक्राउ

धरानबाट गाँजासहित एक जना पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-१३ निशाने डाँडाबाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-२ का ५४ वर्षीय तेजबहादुर राई छन् । आज दिउँसो विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा ३ ख १८९७ नम्बरको बसबाट ५५ किलो गाँजा बरामद गरेको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार दुई वटा बोरामा केरा र तितेप...
विराटनगरमा सापटी रकम लिएर जाँदै गर्दा लुटपाट, दुई जना पक्राउ

विराटनगरमा सापटी रकम लिएर जाँदै गर्दा लुटपाट, दुई जना पक्राउ

विराटनगर । विराटनगरमा लुटपाट र अपहरणको घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-८ का २४ वर्षीय समीर हुसेन र विराटनगर-६ का २५ वर्षीय तासिब अन्सारी छन् । उनीहरू आइतबार पक्राउ परेका हुन् । ‘हामी प्रहरी हौं’ भन्दै उनीहरूले असार ११ गते लुटपाट गरेको खुलेको छ । उक्त घटनामा संलग्न एक जना भने फरार छन् । मोरङ प्रहरीका अनुसार उनको खोजी भइरहेको छ । मोरङ प्रहरी प्रवक्ता ...
भोजपुरका किसानलाई विभिन्न प्रजातिका बिरुवा वितरण

भोजपुरका किसानलाई विभिन्न प्रजातिका बिरुवा वितरण

भोजपुर । भोजपुरका कृषकलाई विभिन्न प्रजातिका बिरुवा वितरण गरिएको छ । वन क्षेत्रको विकाससँगै किसानलाई उद्यममा जोड्न साढे आठ हजार बढी बिरुवा वितरण गरिएको हो । डिभिजन वन कार्यालयले तीन हजार दुई सय दाँते ओखर, एक हजार छ सय टिमुर, एक हजार एक सय सतुवा, एक/एक हजार वटा रुद्राक्ष र तेजपत्ता र पाँच सय ५० लोड सल्लाको बिरुवा वितरण गरेको छ । भोजपुरका किसान, कृषि तथा जडीबुटी फर्म, वन समूह तथा विभिन्न संस्था...
झापामा फर्निचर उद्योगमा आगलागी हुँदा १२ लाख क्षति

झापामा फर्निचर उद्योगमा आगलागी हुँदा १२ लाख क्षति

विराटनगर । झापाको एक फर्निचर उद्योगमा आगलागी भएको छ । अर्जुनधारा नगरपालिका-११ मा मोती बहादुर खड्काले सञ्चालन गरेको फर्निचर उद्योगमा आइतबार राति आगलागी भएको हो । आगलागीबाट १२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट काठ चिर्ने मेसिन र काठहरू पूर्णरुपमा जलेको नष्ट भएको छ । प्रहरी र स्थानीयले बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा राति करिब साढे १२ बजे आगो नियन्त्रणमा लिएक...
धनकुटाबाट लागूऔषधसहित चार जना पक्राउ

धनकुटाबाट लागूऔषधसहित चार जना पक्राउ

धनकुटा । धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । आइतबार राति १०ः३० बजे धनकुटा नगरपालिका-१ हिलेबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-१ का २८ वर्षीय दिपेश राई, सोही स्थानका ३३ वर्षीय राजेश तामाङ, २६ वर्षीय सुजन तामाङ र २१ वर्षीय सुमन तामाङ छन् । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार राजेशको कोठा खानतलासी गर्दा टेबुलमा राखेको रातो प्ल...
मोरङको धनपालथानमा बलात्कारपछि बालिकाको हत्या, काका पक्राउ

मोरङको धनपालथानमा बलात्कारपछि बालिकाको हत्या, काका पक्राउ

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-५ मा एक ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २२ वर्षीय युवक छन् । उनी बालिकाकै काका भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार शनिबार बिहान करिब ४ः४५ बजे धनपालथानको रङपुर वैरियास्थित श्री दुर्गा आधारभूत विद्यालय नजिक ती बालिकाको शव फेला परेको थियो । उनको शरीरमा...
धान रोप्दै विद्यार्थीहरू (फोटो फिचर)

धान रोप्दै विद्यार्थीहरू (फोटो फिचर)

विराटनगर । आज असार १५, दही चिउरा खाने दिन सँगसँगै २२ औं राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । विभिन्न सङ्घसंस्थाहरूले सामूहिक रूपमा धान दिवस मनाउँदै आएकामा पछिल्लो समय विभिन्न विद्यालयहरूले पनि मनाउन थालेका छन् । विद्यालयहरूले व्यवहारिक ज्ञान वृद्धिसँगै असार १५ को महत्व र कृषि पेसाको बारेमा जानकारी गराउने उद्देश्यका साथ विद्यार्थीलाई रोपाइँमा सरिक गराएका छन् । मोरङको ग्राम...
धनकुटामा यसरी मनाइयो राष्ट्रिय धान दिवस (तस्बिरहरू)

धनकुटामा यसरी मनाइयो राष्ट्रिय धान दिवस (तस्बिरहरू)

धनकुटा । आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस, धनकुटामा पनि सामूहिक रोपाइँसँगै दही चिउरा खाएर हर्षोल्लासका साथ मनाइएको छ । कृषि पर्यटन प्रर्वद्धनमा महिला अभियान धनकुटा र धनकुटा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा २२ औं राष्ट्रिय धान दिवस मनाइएको हो । धनकुटा नगरपालिका-६ स्थित पात्लेखोलामा शुभकामना आदान-प्रदान गरिएको थियो । यस्तै निशान जागरुक महिला नौमती बाजा सांस्कृतिक सम...
विराटनगरका कार्यपालिका सदस्यको स्मृतिमा श्रद्धाञ्जली सभा 

विराटनगरका कार्यपालिका सदस्यको स्मृतिमा श्रद्धाञ्जली सभा 

विराटनगर । विराटनगर महानगरपालिका कार्यपालिका सदस्य सञ्जीवकुमार साहको स्मृतिमा महानगरले श्रद्धाञ्जली सभा आयोजना गरेको छ । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलसहितको उपस्थितिमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । मेयर कोइरालाले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै महानगरका लागि साहको अभाव सधैं रहिरहने उल्लेख गरे । उनले कार्यपालिका सदस्य सा...
विराटनगरमा सामूहिक रोपाइँ (फोटो फिचर)

विराटनगरमा सामूहिक रोपाइँ (फोटो फिचर)

विराटनगर । आज असार १५ अर्थात २२ औँ राष्ट्रिय धान दिवस ‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ मनाइएको छ । आजको दिनमा औपचारिक कार्यक्रमको आयोजना गरेर नै सामूहिक रोपाइँ गर्ने र दही चिउरा खाने गरिएको छ । सोही क्रममा विराटनगर महानगरपालिकाले पनि सामूहिक रोपाइँ कार्यक्रमको आयोजना गर्यो । विराटनगर-१६ दरैयामा उप-मेयर शिल्पा निराला कार्की, विभिन्न वडाका वडाध्यक्ष तथा महानगरका...
सुनसरीमा कारबाट एक क्विन्टल बढी गाँजा बरामद, दुई जना पक्राउ

सुनसरीमा कारबाट एक क्विन्टल बढी गाँजा बरामद, दुई जना पक्राउ

विराटनगर । सुनसरीबाट एक सय २० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । शनिबार साँझ ७ः३० बजे बराहक्षेत्र नगरपालिका-५ तिनकुनेबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा कार चालक विराटनगर महानगरपालिका-४ इक्राहीका २६ वर्षीय धिरज गोसाइँ र कारमा सवार जहदा गाउँपालिका-७ का २२ वर्षीय विकास यादव छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धरानबाट कालाबन्जरतर्फ जाँदै गरेको प्रदेश १-...
ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान ठप्प

विराटनगर । ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा पूर्णरूपमा ठप्प भएको छ । मौसमका कारण नियमित उडान प्रभावित भइरहेका बेला हाल प्राविधिक समस्या र पूर्वाधार अभावका कारण उडान स्थगित भएको हो । विमानस्थल सञ्चालनमा रहेको नेपाल वायुसेवा निगमले केही सातादेखि उडान नगरेको पुष्टि गरेको छ । निगमका अनुसार विमानको नियमित मर्मत तथा मौसम प्रतिकूलताले गर्दा सुकेटारमा हाल उडान सञ्चालन हुन सकेको छैन । निजी क्ष...
सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा बाबु-छोरासहित तीन जनाको मृत्यु

सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा बाबु-छोरासहित तीन जनाको मृत्यु

विराटनगर । सुनसरीमा दुई मोटरसाइकल एक-आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा सुनसरीको रामधुनी नगरपालिका-६ का ३४ वर्षीय इर्न्चन चौधरी र उनका ९ वर्षीय छोरा प्रनिश चौधरी तथा अर्को मोटरसाइकलका चालक इनरुवा-६ का ५० वर्षीय विन्दु यादवको मृत्यु भएको हो । उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएक...
error: Content is protected !!