चुनावमा उम्मेद्वारका लागि एमाले धनकुटाबाट राजेन्द्र राईको एकल नाम सिफारिस
धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारका लागि नेकपा एमाले धनकुटाले राजेन्द्र राईको एकल नाम सिफारिस गरेको छ ।
एमाले धनकुटा जिल्ला कमिटीको आज बसेको बैठकले एमाले केन्द्रिय सदस्यसमेत रहेका राईको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो । उम्मेद्वारका लागि एमालेका पूर्व केन्द्रिय सदस्य शकुन्तला बस्नेत र कोशी प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङले पनि आकांक्षा व्यक्त गरेका ...































